Choose a track to play
नबोली नबोली, तिमीसँग नबोली
दिनै ढल्दैन है मेरो तिम्लाई नहेरी
नबोली नबोली, तिमीसँग नबोली
दिनै ढल्दैन है मेरो तिम्लाई नहेरी
साँचो माया दिउँला त नि
हुन्छ, माया लिउँला त नि
अब सँगै जिउने हो नि
हामी एकअर्काको बनी
छिट्टै पूरा गर्नुपर्छ हाम्रो यो सपनी
हो, नबोली नबोली, तिमीसँग नबोली
दिनै ढल्दैन है मेरो तिम्लाई नहेरी
बसिदेऊ छेउमा, ए माया, चाहिँदैन अरु
एक्लै जिउनुभन्दा, ए माया, बरु सँगै मरुँ
बसिदेऊ छेउमा, ए माया, चाहिँदैन अरु
एक्लै जिउनुभन्दा, ए माया, बरु सँगै मरुँ
भोलिको दिन के हो के हो, सोँच्नुपर्छ आजै
तिम्रो साथ नै प्यारो लाग्छ, आजै लैजाऊ, राजै
मुना-मदन छुट्नुपर्यो माया भए नि गाढा
नुनपानीमै चित्त बुझाउँछु, हुँदिन एकै पल टाढा
Hmm, नबोली नबोली, तिमीसँग नबोली
दिनै ढल्दैन है मेरो तिम्लाई नहेरी
बसिदेऊ छेउमा, ए माया, चाहिँदैन अरु
एक्लै जिउनुभन्दा, ए माया, बरु सँगै मरुँ
चरीसरि आकाशमा जाऊँ बादलमाथि
घाम लाग्दा नि झरी पर्दा नि तिमी नै हौ साथी
अर्को जुनी के हो के हो, यही जुनी सफल पारौँ
दुई मुटुलाई एकै बनाई सँगै पाईला चालौँ
Hmm, नबोली नबोली, तिमीसँग नबोली
दिनै ढल्दैन है मेरो तिम्लाई नहेरी
साँचो माया दिउँला त नि
हुन्छ, माया लिउँला त नि
अब सँगै जिउने हो नि
हामी एकअर्काको बनी
छिट्टै पूरा गर्नुपर्छ हाम्रो यो सपनी
हो, नबोली नबोली, तिमीसँग नबोली
दिनै ढल्दैन है मेरो तिम्लाई नहेरी