Choose a track to play
बगाइदियौ बीचधारमा कुनै बेला किनारा बनेर
कुनै बेला किनारा बनेर
छाडिदियौ बीचबाटोमा कुनै दिन सहारा बनेर
कुनै दिन सहारा बनेर
बगाइदियौ
म डराएँ, म कराएँ पराईमाझमा
म डराएँ, म कराएँ पराईमाझमा
म हराएँ, म बिलाएँ आफन्तमाझमा
दबाइदियौ सास मेरो कुनै बेला प्रेरणा बनेर
कुनै बेला प्रेरणा बनेर
बगाइदियौ
पग्लिएँ, म सल्किएँ आगोको रापमा
पग्लिएँ, म सल्किएँ आगोको रापमा
पिल्सिएँ, म पेलिएँ जाँतोको कापमा
माझिदियौ मुटु सिङ्गै कुनै बेला रगत बनेर
कुनै बेला रगत बनेर
बगाइदियौ बीचधारमा कुनै बेला किनारा बनेर
कुनै बेला किनारा बनेर
बगाइदियौ