तिमीबिना एक्लो भयो मेरो जिन्दगी
तिमीबिना एक्लो भयो मेरो जिन्दगी
घाम अनि जूनबिनाको भयो जिन्दगी
घाम अनि जूनबिनाको भयो जिन्दगी, भयो जिन्दगी
तिमीबिना, हो
तिम्रै कारण यो जिन्दगी भयो औँसी रातजस्तै
हो, तिम्रै कारण यो जिन्दगी भयो औँसी रातजस्तै
हाँगाबाट छुटिएर भुईँ झरेको पातजस्तै
हाँगाबाट छुटिएर भुईँ झरेको पातजस्तै
के अर्थ भो तिमीबिना, हा
के अर्थ भो तिमीबिना मेरो जिन्दगी?
बगरको माछीसरि भयो जिन्दगी
हो, बगरको माछीसरि भयो जिन्दगी
तिमीबिना, हो
न त खुशी भएकी छु, न खुलेर रोएकी छु
हो, न त खुशी भएकी छु, न खुलेर रोएकी छु
आँखाका यी परेलीलाई आँसुले नै धोएकी छु
आँखाका यी परेलीलाई आँसुले नै धोएकी छु
अधुरो भो तिमीबिना, हो
अधुरो भो तिमीबिना मेरो जिन्दगी
चोटैचोटले छियाछिया भयो जिन्दगी
हो, चोटैचोटले छियाछिया भयो जिन्दगी
तिमीबिना, हो