मैले मागेँ माया, तिम्ले दियौ व्यथा
हो, मैले मागेँ माया, तिम्ले दियौ व्यथा
ढुङ्गाको मन हुनेलाई माया भन्ने के थाहा!
माया भन्ने के थाहा!
मैले आँखा रोज्दा तिम्ले आँसु दिएपछि
मैले आँखा रोज्दा तिम्ले आँसु दिएपछि
मलाई आँसु पिलाएर तिम्ले खुशी लिएपछि
तिमीले खुशी लिएपछि
मैले अब हारिसकेँ, तिम्ले जित्यौ, हेर
हो, मैले अब हारिसकेँ, तिम्ले जित्यौ, हेर
तिम्लाई सारा सुम्पिदिँदा जीवन गयो खेर
जीवन गयो खेर
रित्तै भयो छाती तिम्ले मुटु चुँडेपछि
रित्तै भयो छाती तिम्ले मुटु चुँडेपछि
गाह्रो भयो बाँच्न मलाई जिन्दगी नै लुटेपछि
जिन्दगी नै लुटेपछि
मैले मागेँ माया, तिम्ले दियौ व्यथा
हो, मैले मागेँ माया, तिम्ले दियौ व्यथा
ढुङ्गाको मन हुनेलाई व्यथा भन्ने के थाहा!
व्यथा भन्ने के थाहा!