Choose a track to play
हिजोभन्दा आज झन्
हिजोभन्दा आज झन् रङ्गीन भो मेरो मन
चहचह चाहना छ
सासभरि बास्ना छ
हिजोभन्दा आज झन् रङ्गीन भो मेरो मन
चहचह चाहना छ
सासभरि बास्ना छ
हिजोभन्दा आज झन्
उज्यालोले भुईँ पोती, बतासको भाका छोपी
नाचीनाची गाऊँ कि म?
नाचीनाची गाऊँ कि म?
भमराको वरिपरि, डालीबीच फूलसरि
भमराको वरिपरि, डालीबीच फूलसरि
हाँस्न, खेल्न जाऊँ कि म?
हिजोभन्दा आज झन् रङ्गीन भो मेरो मन
चहचह चाहना छ
सासभरि बास्ना छ
हिजोभन्दा आज झन्
मेरै लागि उजेलो छ, आकाशको जून पनि
तारा टिपी लाऊँ कि म?
तारा टिपी लाऊँ कि म?
मैले सुनी मीठो हुन्छ बाँसुरीको धुन पनि
मैले सुनी मीठो हुन्छ बाँसुरीको धुन पनि
सबैतिर छाऊँ कि म?
हिजोभन्दा आज झन् रङ्गीन भो मेरो मन
चहचह चाहना छ
सासभरि बास्ना छ
हिजोभन्दा आज झन् रङ्गीन भो मेरो मन
चहचह चाहना छ
सासभरि बास्ना छ
हिजोभन्दा आज झन्