Choose a track to play

याद आउँछ ती कलिला दिनहरू
जति जुनी आए नि टाढा
अहिलेजस्तै लाग्छ ती क्षणहरू
थाह नपाई बितेछ पल
तल आज बगेछ टिस्टा सलल
खोसिएको यो गाँस, सल्किरहेछ यो बास
खाँचो हाम्रो कसले बुझ्छ र?
गर्ने के यहाँ? कसलाई भन्ने के यहाँ?
यस्तै नै छ पहाडको हाल
तल आज बगेछ टिस्टा सलल
कति आए यहाँ, कति गए, यहाँ कति परदेश भएछ
माटोको माया आज नि सबको रग बगेछ
जाँदै छु आज म त तिम्लाई छाडेर
परिस्थिति साह्रो भो यहाँ
घरको माया कसलाई लाग्दैन र?
फर्की आउनेछु तिम्रै अँगाल
तल आज बगेछ टिस्टा सलल
तल आज बगेछ टिस्टा सलल