Choose a track to play

जहीँतहीँ प्रीतको चर्चा धेरैधेरै पढेँ मैले
प्रीति गाँस्ने सुखी हुन्छ, धेरै ठाउँ सुनेँ मैले

जहीँतहीँ प्रीतको चर्चा...
पहिले सधैँ सोध्ने गर्थेँ, प्रीतभरि के हुन्छ?

आज मैले थाहा पाएँ, प्रीतभरि आँसु हुन्छ
जहीँतहीँ प्रीतको चर्चा...
छटपटी र व्यथालाई मान्छे यहाँ प्रीत भन्छन्

जानीजानी मान्छे यहाँ हाँसो छोडी आँसु रोज्छन्
जहीँतहीँ प्रीतको चर्चा धेरैधेरै पढेँ मैले
प्रीति गाँस्ने सुखी हुन्छ, धेरै ठाउँ सुनेँ मैले
जहीँतहीँ प्रीतको चर्चा धेरैधेरै पढेँ मैले
प्रीति गाँस्ने सुखी हुन्छ, धेरै ठाउँ सुनेँ मैले
जहीँतहीँ प्रीतको चर्चा...
ला, ला-ला, ला, ला-ला, ला-ला, ला