Choose a track to play

Single / Track
"आँखा छोपी नरोऊ," भनी भन्नुपऱ्याछ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपऱ्याछ
"आँखा छोपी नरोऊ," भनी भन्नुपऱ्याछ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपऱ्याछ
भोलि उठी कहाँ जाने, केही थाहा छैन
फर्की आउने हो कि होइन, केही थाहा छैन
भोलि उठी कहाँ जाने, केही थाहा छैन
फर्की आउने हो कि होइन, केही थाहा छैन
वाचा, "छिटै आउँछु," भनी गर्नुपऱ्याछ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपऱ्याछ
छातीभरि गाउँबेसी-पखेरीको छाया
आँखाभरि मेलापात-मायालुको माया
छातीभरि गाउँबेसी-पखेरीको छाया
आँखाभरि मेलापात-मायालुको माया
आफैलाई छाडी कतै जानुपऱ्याछ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपऱ्याछ
भन्ने कुरा कति थियो, छातीभित्रै रह्यो
परेलीका ओठबाट आँसु झरिरह्यो
भन्ने कुरा कति थियो, छातीभित्रै रह्यो
परेलीका ओठबाट आँसु झरिरह्यो
कुल्चिएर आफैलाई हिँड्नुपऱ्याछ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपऱ्याछ
"आँखा छोपी नरोऊ," भनी भन्नुपऱ्याछ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपऱ्याछ
हाँस्नुपऱ्याछ, हाँस्नुपऱ्याछ