Choose a track to play
कमलको फूल फुले सरी, हिलैमा हो हिलैमा
हो, हो, कमलको फूल फुले सरी, हिलैमा हो हिलैमा
मेरो कुरा तिम्ले मान्छौ भने, मलाई आफनै ठान्छौ भने
मायाको फूल फुलाइदेऊ, दिलैमा हो दिलैमा
हो, दिलैमा हो दिलैमा
कमलको फूल फुले सरी, हिलैमा हो हिलैमा
धेरै भयो मैले तिम्लाई मन पराको
स्वीकार दिनौ की भनेर म त डराको
हो, हो,धेरै भयो मैले तिम्लाई मन पराको
स्वीकार दिनौ की भनेर म त डराको
आज म भन्न खोज्दै छु, तिम्रै मान्छे बन्न खोज्दै छु
मौरीको हुल भुले सरी, फुलैमा हो फुलैमा
मेरो कुरा तिम्ले मान्छौ भने, मलाई आफ्नै ठान्छौ भने
मायाको फुल फुलाईदेऊ, दिलैमा हो दिलैमा
हो, दिलैमा हो दिलैमा
कमलको फूल फुले सरी, हिलैमा हो हिलैमा
आउ नजिक अल्ली नजिक भाग्नु हुँदैन
माया भए लुकाई मनमा राख्नु हुँदैन
हो, हो,आउ नजिक अल्ली नजिक भाग्नु हुँदैन
माया भए लुकाई मनमा राख्नु हुँदैन
माया म बाँड्न खोज्दै छु, जोबन म साट्न खोज्दै छु
कोइलीको सुर सुने सरी, धुनैमा हो धुनैमा
मेरो कुरा तिम्ले मान्छौ भने, मलाई आफ्नै ठान्छौ भने
मायाको फुल फूलाइदेऊ, दिलैमा हो दिलैमा
हो, दिलैमा हो दिलैमा
कमलको फूल फुले सरी, हिलैमा हो हिलैमा