मेरो जीवनमा आगो झोसिस्, मेरा खुशीहरू खोसिस्

तेरो बाटोको बाधा हटा, धर्तीको एउटा बोझ घटा
टुक्रा-टुक्रा पार्दे मलाई
मार्दे, बरु मार्दे मलाई, मार्दे, बरु मार्दे मलाई

तेरै हातले घाँटी थिचेर सासै रोकिदे
माया गरेको सजाय मृत्यु तोकिदे
तेरै हातले घाँटी थिचेर सासै रोकिदे
माया गरेको सजाय मृत्यु तोकिदे
अब मलाई जिउनु छैन, हरपल आँसु पिउनु छैन
टुक्रा-टुक्रा पार्दे मलाई
मार्दे, बरु मार्दे मलाई, मार्दे, बरु मार्दे मलाई
मार्दे, बरु मार्दे मलाई, मार्दे, बरु मार्दे मलाई
कालै आई लिए हुन्थ्यो, मुक्ति दिए हुन्थ्यो
न त सम्झी यो मन रुन्थ्यो, न त पीडा हुन्थ्यो

तँलाई नि आनन्द जिन्दगीभर, मेरो मृत्युको कामना गर
टुक्रा-टुक्रा पार्दे मलाई, ओइ