Choose a track to play
याद छ? हामी पहिलो पटक भेट्दा पनि पानी दर्किरहेको थियो
त्यसपछि हामी भेटेको भेटै भयौँ
आज पहिलो पटक छुट्दा पनि पानी दर्किरहेको छ
कतै हामी छुटेको छुटै त हुने होइन?
त्यस्तो नभन, साइतमा पानी दर्केको शुभ हुन्छ भन्छन्
हो, हो-हो-हो
ला, ला-ला, लै, आहै, हो
पानी दर्केर, हो, राजै, पानी दर्केर
पानी दर्केर, हो, राजै, पानी दर्केर
परदेशैमा बस्छौ कि आउँछौ फर्केर?
परदेशैमा बस्छौ कि आउँछौ फर्केर?
पानी दर्केर, हो, सानु, पानी दर्केर
पानी दर्केर, हो, सानु, पानी दर्केर
नरोऊ तिमी धर्केर, आउँछु फर्केर
नरोऊ तिमी धर्केर, आउँछु फर्केर
गह भिज्यो आँसुका धाराले
सम्झेछौ कि बिर्सियौ प्याराले?
घरकै यादले बेचैन भाकाे छु
बाध्यताले परदेशै आको हुँ
पानी दर्केर
पानी दर्केर, हो, राजै, पानी दर्केर
पानी दर्केर, हो, सानु, पानी दर्केर
परदेशैमा बस्छौ कि आउँछौ फर्केर?
नरोऊ तिमी धर्केर, आउँछु फर्केर
घरबारी साहुलाई भो बन्धकी
तिम्रै यादमा बित्ने भो जिन्दगी
दुईचार वर्ष विदेश बसेर
साहुको ऋण तिरौँला खटेर
पानी दर्केर
पानी दर्केर, हो, राजै, पानी दर्केर
पानी दर्केर, हो, सानु, पानी दर्केर
परदेशैमा बस्छौ कि आउँछौ फर्केर?
नरोऊ तिमी धर्केर, आउँछु फर्केर
मनको कुरा सुनाऊँ म कसरी?
जुनी बित्यो, फर्केनौ निठुरी
मनको कुरा तिमीलाई ढाँट्याछु
तिम्रै यादले बहुलाउनै आँट्याछु
पानी दर्केर
पानी दर्केर, हो, राजै, पानी दर्केर
पानी दर्केर, हो, सानु, पानी दर्केर
परदेशैमा बस्छौ कि आउँछौ फर्केर?
नरोऊ तिमी धर्केर, आउँछु फर्केर
रातो भाले धुरीमा कराउँछ
छैन खबर, मन मेरो डराउँछ
सम्हालेर बसे है घरबार
चाँडै आउँछु, चिन्ता धेर नगर
पानी दर्केर
पानी दर्केर, हो, सानु, पानी दर्केर
पानी दर्केर, हो, सानु, पानी दर्केर
परदेशैमा बस्छौ कि आउँछौ फर्केर?
परदेशैमा बस्छौ कि आउँछौ फर्केर?
नरोऊ तिमी धर्केर, आउँछु फर्केर
नरोऊ तिमी धर्केर, आउँछु फर्केर