Choose a track to play
किन लागिरहन्छ आजकाल मलाई
सबैजना मेरो शत्रु पो हो कि?
साथीभाइ पनि psycho झैँ लाग्छ
हरियो बुटी धेरै तान्देर हो कि?
खोजेँ मैले पनि काम गरी खान
बाउको बिँडो थाम्ने सपना बोकी
झोले पारा मेरो पचेन कसलाई
Honest हुनु आखिर बेकारै भो कि?
मान्दिन म यो विकृतिलाई
जानिएन कहिल्यै जयहजुरी गरी खान
बाल दिन्न अरूले जे सोचे नि
अन्तिममा के नै रैछ माथि मरी लान!
कसैको मन दुखाई खुशी हुन आउँदैन मलाई
के साह्रो मस्केको पुर्खाको सम्पत्ति ढलाई!
भन्दैमा के नै जान्छ र!
झन् तोरी हुन थालेँ म
किन लागिरहन्छ आजकाल मलाई
सबैजना मेरो शत्रु पो हो कि?
साथीभाइ पनि psycho झैँ लाग्छ
हरियो बुटी धेरै तान्देर हो कि?
खोजेँ मैले पनि काम गरी खान
बाउको बिँडो थाम्ने सपना बोकी
झोले पारा मेरो पचेन कसलाई
Honest हुनु आखिर बेकारै भो कि?
Honest हुनु आखिर बेकारै भो कि?
म पनि त रुन्छु एक्लै हुँदा
हँसाउन खोज्छु मेरो आमा रुँदा
डर छ मलाई सधैँ एउटै हुन्न जीवन
रात्रिबिना असम्भव छ घामको किरण
गल्ती भइरहन्छ यहाँ, मानिसभन्दा को कम छ र?
कुरा काट्नेलाई नमस्कार (ओ, ओ)
सिधा कोही छैन यहाँ, परीबिना के श्रम छ र?
झूट बोल्नेलाई खबरदार
अझै नि मान्दिन म यो विकृतिलाई
जानिएन कहिल्यै जयहजुरी गरी खान
बाल दिन्न अरूले जे सोचे नि
अन्तिममा के नै रैछ माथि मरी लान!
कसैको मन दुखाई खुशी हुन आउँदैन मलाई
के साह्रो मस्केको पुर्खाको सम्पत्ति ढलाई!
भन्दैमा के नै जान्छ र!
झन् तोरी हुन थालेँ म
किन लागिरहन्छ आजकाल मलाई
सबैजना मेरो शत्रु पो हो कि?
साथीभाइ पनि psycho झैँ लाग्छ
हरियो बुटी धेरै तान्देर हो कि?
खोजेँ मैले पनि काम गरी खान
बाउको बिँडो थाम्ने सपना बोकी
झोले पारा मेरो पचेन कसलाई
Honest हुनु आखिर बेकारै भो कि?
Honest हुनु आखिर बेकारै भो कि?
Honest हुनु आखिर बेकारै भो कि?
Honest हुनु आखिर बेकारै भो कि?
Honest हुनु आखिर बेकारै भो कि?