Choose a track to play
चौतारीमा बसेर रुन पाऊँ
मनको पिर आँसुले धुन पाऊँ
गौँथलीको के घर, के गाउँ?
दुखियाको के थर, के नाउँ?
पीपलले पालुवा फेर्यो, पुरानो भो बर
करीमले ठगे पछि बिरानो भो घर
पीपलले पालुवा फेर्यो, पुरानो भो बर
करीमले ठगे पछि बिरानो भो घर
दिनदशा वरवर, हो, हो
दिनदशा वरवर, सँगीसाथी पर
न्याउलीको भाका सुन्ने कल्लाई खाँचो छ र?
चौतारीमा...
बाँचूँ कति दोधारको यस्तै जिन्दगानी?
मनभरि आगो लिई, आँखाभरि पानी
बाँचूँ कति दोधारको यस्तै जिन्दगानी?
मनभरि आगो लिई, आँखाभरि पानी
पराईले मन भाँचे, हो, हो
पराईले मन भाँचे आफन्तले जोड्ने
आफन्त नै वैरी बनी, कल्लाई गुहार भन्ने?
चौतारीमा बसेर रुन पाऊँ
मनको पिर आँसुले धुन पाऊँ
गौँथलीको के घर, के गाउँ?
दुखियाको के थर, के नाउँ?