Choose a track to play
समयले तिमी र मलाई कहाँ पुरायो?
भावनाहरू त मनमा, मनमा छँदै छ, सपनाहरू कता हरायो?
हिँडिसकेँ भन्दाभन्दै ढिलो गरिदिएँ
"पर्ख, माया, पर्ख" भनी बाटो कुराइरहेँ
त्यहीँ पर्ख्यौ होलाउ तिमी "ऊ आउँछ, आउँछ" भनी
"कहिले भेट्ने होला तिमीलाई? कहिले देख्ने होला?" भनी सोच्छु
दिनहरू म गन्छु
यी कुराहरूलाई सोच्दा मनमनै म हतारिदिन्छु
आत्तिहाल्छु
"कति पर्ख्यौ है, माया," तिमीलाई सोध्नेछु
छाडी कहीँ जाँदिन म, वाचा यो गर्नेछु
हेर, आइदिएँ, माया, सबै-सबै छाडी त्यहाँ