आज किन तिम्रो यादले सताउँछ?
ती पुराना दिनहरूको सम्झना दिलाउँछ
ती पुराना दिनहरूको सम्झना दिलाउँछ
आज किन?
तिमीले कोरेका ती पानाहरू
तिमीले कोरेका ती पानाहरू पल्टाउँछु
जिन्दगीको मोडलाई फेरि
जिन्दगीको मोडलाई फेरि दोहर्याउन खोज्दछु
आज किन...?
पुराना यादले मेरो मन
पुराना यादले मेरो मन विचलिन्छ
बिपनाका सम्झनाहरू
बिपनाका सम्झनाहरू सपनाजस्तो भइदिन्छ
आज किन तिम्रो यादले सताउँछ?
ती पुराना दिनहरूको सम्झना दिलाउँछ
ती पुराना दिनहरूको सम्झना दिलाउँछ
आज किन?