Elige una pista para reproducir
घुम्तीमा नआऊ है
घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन
आँखा तिमी जुधाउन
बाँधिए माया फेरि, गाह्रो हुन्छ फुकाउन, फुकाउन
घुम्तीमा नआऊ है
भोलि जब हुन्छौँ हामी
हो, हामी एक अर्कोसँग टाढा, टाढा
फूलजस्तो माया पनि
बिझाउने बन्छ काँडा, काँडा
सुस्केरामा रात बित्छ, सक्नेछैनौ निदाउन, निदाउन
घुम्तीमा न आऊ है
बतासमा उडी, उडी
हो, उडी आउँछ गीत मुटु छुन, छुन
एक्लै दिनहुँ दुःखी बनी
पर्छ प्रीत सम्झी रुन, रुन
बतासमा उडी, उडी
हो, उडी आउँछ गीत मुटु छुन, छुन
एक्लै दिनहुँ दुःखी बनी
पर्छ प्रीत सम्झी रुन, रुन
आउँदैन आँगनमा पापी जून चियाउन, चियाउन
घुम्तीमा न आऊ है, आँखा तिमी जुधाउन
आँखा तिमी जुधाउन
बाँधिए माया फेरि, गाह्रो हुन्छ फुकाउन, फुकाउन
घुम्तीमा न आऊ है