Elige una pista para reproducir
I was so confident about a relationship
I loved you so much, but this will be everything
सायद मेरै गल्ती हो, मैले उसलाई एकदमै trust गरेँ
Truth, er- listen, listen to me
You bloody liar!
Now I hate him, I just hate him
हात समाई हेर, जिस्केको होइन
तिमी पाइला जहाँ टेक्छौ मेरो छाया साथमा हुन्छ
जे बोलेँ आज बोलेँ, बिर्सिनेछैन
उसको गल्तीको सजाय आफूलाई नदेऊ न
मनभरिको माया मनमा नराख न
खोलेर आँखा तिमी पाइला सार न
रमाइलो छ संसार, मनबाट हेर न
पुरानो कथा बिर्सी नयाँ सुरु गर न
एकचोटि हाँसिदेऊ न, मेरो हात समाऊ न
दिनेछु खुसी सबै
म पनि ऊ जस्तो होइन, बीचमा छोड्ने नै छैन
तिमीलाई, हौ, तिमीलाई
आँट तिमी गर न, साहस म बनिदिन्छु
तिम्रो नया संसार मायाले भरिदिन्छु
सपना तिमी देख न, पूरा म गरिदिन्छु
तिम्लाई पाउन अन्तिम साससम्म कुरिदिन्छु
तिम्रो मनमा लाग्ला, "सबै केटा एउटै हुन्छ
एकछिन माया देखाई आफ्नो स्वार्थ पूरा गर्छ"
यदि मन बद्लिएमा म यहीँ हुनेछु
विश्वास मान्छेलाई होइन मायामा गर न, गर न
मेरो खुसी नै तिमी, मेरो जीत नै तिमी
मेरो जिउनुको अर्थ तिमी नै तिमी नै तिमी
मेरो खुसी नै तिमी, मेरो जीत नै तिमी
मेरो जिउनुको अर्थ तिमी नै तिमी नै तिमी
तिमी-म, म-तिमी, हाम्रो आफ्नै संसार बनाऊँ
एकचोटि हाँसिदेऊ न, मेरो हात समाऊ न
दिनेछु खुसी सबै
म पनि ऊ जस्तो होइन, बीचमा छोड्ने नै छैन
तिमीलाई, हौ, तिमीलाई
एकचोटि हाँसिदेऊ न, मेरो हात समाऊ न
दिनेछु खुसी सबै
म पनि ऊ जस्तो होइन, बीचमा छोड्ने नै छैन
तिमीलाई, हौ, तिमीलाई