Elige una pista para reproducir
मखमली घामको झुल्का झुल्का मायालुलाई
सुरिलो गीत रसिलो प्रीत
रङ्चङ्गी फूलको थुङ्गा थुङ्गा मायालुलाई
भेट हुँदा चुप लागी निदरीमा बोलाउने
मेरा मीठा सपनाजति परेलीमा सजाउने
गहिरो माया नसिलो छाया
झिलीमिली आकाशको जून तारा मायालुलाई
दिलमा लगाई काउकुती आँखाभरि मुस्काउने
चुल्ठी फुकाई यताउति नसा छरी लजाउने
सुनको बाला मोलिको माला
कुमारी बसन्तको मुना मुना मायालुलाई