जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो? भावीले के लेखिदियो?
जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो? भावीले के लेखिदियो?
जन्मेर कोखमा कसैको...
कसले छोडेको, कसको नासो हो? जिन्दगीको अनौठो नाता
को हो आफ्नो? को हो बिरानो? के होला यो रगतको नाता?
के होला यो रगतको नाता?
जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो? भावीले के लेखिदियो?
जन्मेर कोखमा कसैको...
खोजी हिँड्दछ आमाको न्यानो काख, मायालु छहारी कसैको
भाग्य सबैलाई कहाँ पुग्छ र संसारमा विधिले लेखेको?
संसारमा विधिले लेखेको
जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो? भावीले के लेखिदियो?
जन्मेर कोखमा कसैको...
कस्तो पीर यो समयले दिएको? भुलाइदेला समयले एक दिन
भुलेको सपना झस्काउला कुनै दिन, भरिएला त्यो घाउ एक दिन
भरिएला त्यो घाउ एक दिन
जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो? भावीले के लेखिदियो?
जन्मेर कोखमा कसैको...