Elige una pista para reproducir
हे, हे-हे, हा, हा, हा
हो, हो-हो, हुँ, हुँ-हुँ-हुँ
मायालुको मुहारै हँसिलो, ए, मुहारै हँसिलो
झरना, खोला भन्दा नि बोली रसिलो, माया, बोली रसिलो
ए, मनको देवी थान
ए, मनको देवी थान, भाकेर दिएँ मैले आफ्नै जिउ, ज्यान
ए, भाकेर दिएँ मैले आफ्नै जिउ, ज्यान
दिनरात तिम्रै छ झझल्को, ए, तिम्रै छ सपनी
किन लायौ भन तिम्ले यस्तो मोहनी? हे, यस्तो मोहनी
ए, सत्ते रामराम!
ए, सत्ते रामराम! जाँदैन तिमीबाट अन्त मेरो ध्यान
ए, जाँदैन तिमीबाट अन्त मेरो ध्यान
भोक मिठो भन्थे कोही, बानी मिठो भन्थे
कोही कोही जरुवाको पानी मिठो भन्थे
हो-हो, पानी मिठो भन्थे
हो, भोक मिठो भन्थे कोही, बानी मिठो भन्थे
कोही कोही जरुवाको पानी मिठो भन्थे
ए, मलाई त सोह्रै आना मिठो लाग्यो माया
जता हेर्यो तिम्रै रूप देख्छु दायाँबायाँ
ए सत्ते रामराम! जाँदैन तिमीबाट अन्त मेरो ध्यान
ए, जाँदैन तिमीबाट अन्त मेरो ध्यान
गाउँभन्दा देश ठूलो, देश भन्दा धर्ती
धर्तीभन्दा ठूलो रैछ हाम्रै माया पिरती
हो-हो, हाम्रै पिरती
गाउँभन्दा देश ठूलो, देश भन्दा धर्ती
धर्तीभन्दा ठूलो रैछ हाम्रै माया पिरती
ए, फूलभरि तिमीलाई देख्छु हाँसिराको
ढाका टोपी ढल्काउँदै मलाई हेरिराको
ए, मनको देवी थान, भाकेर दिएँ मैले आफ्नै जिउ, ज्यान
ए, भाकेर दिएँ मैले आफ्नै जिउ, ज्यान
मायालुको मुहारै हँसिलो, ए, मुहारै हँसिलो
झरना, खोला भन्दा नि बोली रसिलो, माया, बोली रसिलो
ए, मनको देवी थान, भाकेर दिएँ मैले आफ्नै जिउ, ज्यान
ए, भाकेर दिएँ मैले आफ्नै जिउ, ज्यान
दिनरात तिम्रै छ झझल्को, ए, तिम्रै छ सपनी
किन लायौ भन तिम्ले यस्तो मोहनी? हे, यस्तो मोहनी
ए, सत्ते रामराम! जाँदैन तिमीबाट अन्त मेरो ध्यान
ए, जाँदैन तिमीबाट अन्त मेरो ध्यान
ए, भाकेर दिएँ मैले आफ्नै जिउ, ज्यान
ए, जाँदैन तिमीबाट अन्त मेरो ध्यान
हो, भाकेर दिएँ मैले आफ्नै जिउ, ज्यान
ए, जाँदैन तिमीबाट अन्त मेरो ध्यान