
तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
सम्झना चिख्छ एकान्तमा निन्द्रामा सपना भई
बतास गाउँछ मोहनी गीत मायाको कथा भई
बिर्सन खोज्छु, बाडुली लाग्छ मन यो चञ्चल भई
हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
वारि र पारि दुई किनारमाझ यो खोला बग्दछ
तिम्रो र मेरो दुई मुटुमाझ यो माया अल्झेछ
खोला भएर जहाँ बगे पनि किनारझैँ साथ रहनेछु
ओ, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
जन्म, हे, जन्म, पुनर्जन्म, म फेरि जन्मुँला
जन्म, हे, जन्म, पुनर्जन्म, म पनि जन्मुँला
म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो