Elige una pista para reproducir
मलाई पनि छ, उनलाई पनि छ
आफ्नो-आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ

फाटेको मन फाटिरह्यो, सिउन पाइँदैन
आफ्नो जीवन आफैले जिउन पाइँदैन
देउता नि हेरेनन् यहाँ मन्दिर गएर नि
कहिल्यै सुख पाइन मैले सोझो भएर नि
मलाई पनि छ, उनलाई पनि छ
आफ्नो-आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ
आफ्नो-आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ
कलेजी र मुटुको नि खान्छ कुना-कुना
भनेजस्तो हुनी भए कल्लाई पर्थ्यो रून?
कहाँ होला खुसी भन्ने? कहाँ होला सुख?
जन्मेदेखि नमरुन्जेल रैछ दुखैदुःख
मलाई पनि छ, उनलाई पनि छ
आफ्नो-आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ
आफ्नो-आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ
कहिले चिन्ता घर बाहिरको, कहिले चिन्ता घरको
एउटाको मुख टाल्न खोज्यो, अर्को बोल्छ चर्को
मर्द रून हुन्न भन्छन्, कहाँ रून जानी?
छोरा मान्छेभन्दा त छोरी भाग्यमानी
मलाई पनि छ, उनलाई पनि छ
आफ्नो-आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ
आफ्नो-आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ
न सकिन्छ हामै फाल्न न त डोरी कस्न
कहाँ गएर सकिएला शान्तसँग बस्न?
अस्ति चिन्ता, हिजो चिन्ता, आज पनि चिन्ता
यसैगरी लुरुलुरु जानिरैछन् दिन त
मलाई पनि छ, उनलाई पनि छ
आफ्नो-आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ
आफ्नो-आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ
सङ्घर्ष नि थोरै हो र, कति धेरै-धेरै
"आयो, आयो खुसी" भन्यो, जान्छ उत्तिखेरै
खुसी दिन, खुसी हुन लाएँ धेरै जुक्ति
फुस्स सास उडेपछि बल्ल रैछ मुक्ति