Elige una pista para reproducir
Ooh, माझी दाइ, लैजाऊ पारि मलाई
ओ, माझी दाइ, लैजाऊ पारि मलाई
भेटाइदेऊ, लौ न, चाँडै मेरी सानीलाई
भेटाइदेऊ, लौ न, चाँडै मेरी सानीलाई
कुरेर बसेकी होलिन् नि मलाई
म आउने बाटोमा फूल सजाई
ओ, माझी दाइ
"घरदेखि टाढा जाँदै छौ
नभुली, हामीलाई सम्झेर
खबर सन्चको लेखी पठाऊ है
खबर सन्चको लेखी पठाऊ है"
परदेश जाने बेलैमा
आँखामा आँसु बोकेर
भनेकी थिई उसले, "चाँडै आऊ है"
भनेकी थिई उसले, "चाँडै आऊ है"
भेटाइदेऊ, लौ न, चाँडै मेरी सानीलाई
भेटाइदेऊ, लौ न, चाँडै मेरी सानीलाई
हो, माझी दाइ
सातै सागर तरेर, खुसीको जीवन बोकेर
आउँदै छु फर्केर तिम्लाई सम्झेर
आउँदै छु फर्केर तिम्लाई सम्झेर
सपना धेरै बोकेर, कर्मको रेखा कोरेर
आउँदै छु म तिम्रो माया सम्झेर
आउँदै छु म तिम्रो माया सम्झेर
ओ, माझी दाइ, लैजाऊ पारि मलाई
भेटाइदेऊ, लौ न, चाँडै मेरी सानीलाई
भेटाइदेऊ, लौ न, चाँडै मेरी सानीलाई
कुरेर बसेकी होलिन् नि मलाई
म आउने बाटोमा फूल सजाई
ओ, माझी दाइ