Elige una pista para reproducir
पिरतीमा मैले के सजाय पाएँ?
आफ्नै मुटु आफूभित्रै गुमाएँ
तिमी टाढा छौ
तिमी टाढा छौ, दूर, देश कहाँ हो?
म त आफू बस्ने घरमै हराएँ
म त आफू बस्ने घरमै हराएँ
Hmm, mmm, हो
दिनरात आज नासिएझैँ लाग्छ
घामछायाको खेल मासिएझैँ लाग्छ
एउटै फूलको पत्र पनि फाटे-फाटेजस्तो
यस्तो लाग्छ, आफैलाई ढाँटे-ढाँटेजस्तो
ढाँटे-ढाँटेजस्तो
पिरतीमा मैले के सजाय पाएँ?
आफ्नै मुटु आफूभित्रै गुमाएँ
तिमी टाढा छौ
तिमी टाढा छौ, दूर, देश कहाँ हो?
म त आफू बस्ने घरमै हराएँ
म त आफू बस्ने घरमै हराएँ
Hmm, mmm, हो
मैले टेक्ने धर्ती तल काँपिरैछ
आकाशले थिच्दै सिर नापिरैछ
मेरो प्यारो सपना मलाई सोधिरैछ
तिमी आउँछौ कहिले? यो दिल खोजिरैछ
दिल खोजिरैछ
पिरतीमा मैले के सजाय पाएँ?
आफ्नै मुटु आफूभित्रै गुमाएँ
तिमी टाढा छौ
तिमी टाढा छौ, दूर, देश कहाँ हो?
म त आफू बस्ने घरमै हराएँ
म त आफू बस्ने घरमै हराएँ
Hmm, mmm, हो