Elige una pista para reproducir
तिमीलाई म के भनूँ?
तिमीलाई म के भनूँ?
फूल भनूँ कि जून भनूँ?
फूल भनूँ कि जून भनूँ?
उपमा धेरै म के दिऊँ?
तिमीलाई मनकी मायालु भनूँ
तिमीलाई म के भनूँ?
फूल फुलेको मौसममा
यो साँझको शीतल वातावरणमा
फूल फुलेको मौसममा
यो साँझको शीतल वातावरणमा
यो मनलाई कसरी सम्हालूँ म?
नपिई बेहोश-बेहोश भएँ म
कहिले नछुट्ने नशा भनूँ कि?
फूल भनूँ कि जून भनूँ?
फूल भनूँ कि जून भनूँ?
उपमा धेरै म के दिऊँ?
तिमीलाई मनकी मायालु भनूँ
तिमीलाई म के भनूँ?
केही झुके, झुकेका नजर
केही बोल्न खोज्दा काँपेका अधर
केही झुके, झुकेका नजर
केही बोल्न खोज्दा काँपेका अधर
दुई आँखाका गहिरा तालबीच
नसकी तर्न, डुबेँ, डुबेँ म?
कहिलै नछुट्ने तृष्णा भनूँ कि?
फूल भनूँ कि जून भनूँ?
फूल भनूँ कि जून भनूँ?
उपमा धेरै म के दिऊँ?
तिमीलाई मनकी मायालु भनूँ
तिमीलाई म के भनूँ?