बजारमा आजभोलि माया बिक्ने भएछ
एउटासँग दुई दिन माया नटिक्ने भएछ
बजारमा आजभोलि माया बिक्ने भएछ
एउटासँग दुई दिन माया नटिक्ने भएछ
मनले नचाहेको भए उसले खुलेर भन्नुपर्यो
मायामा धोका दिनेलाई कानुन बन्नुपर्यो
मायामा धोका दिनेलाई कानुन बन्नुपर्यो
Diary को सायरीमा कति तिम्रो नाम कोर्नु?
रेट्नलाई त पछि किन मुटु पहिले चोर्नु?
Diary को सायरीमा कति तिम्रो नाम कोर्नु?
रेट्नलाई त पछि किन मुटु पहिले चोर्नु?
पैसाको भाउमा माया जोखिन्छ रे, सुन्छु
चाहा पूरा नभई साइनो रोकिन्छ रे, सुन्छु
मनले नचाहेको भए उसले खुलेर भन्नुपर्यो
मायामा धोका दिनेलाई कानुन बन्नुपर्यो
मायामा धोका दिनेलाई कानुन बन्नुपर्यो
घाउ देखेर हाँस्छन् यहाँ, दुःख सिकेर बाँच्छन्
दुःखको गीतमा पनि कम्मर भाँचेर नाच्छन्
घाउ देखेर हाँस्छन् यहाँ, दुःख सिकेर बाँच्छन्
दुःखको गीतमा पनि कम्मर भाँचेर नाच्छन्
नसोचेको मान्छेबाट धोका पाइन्छ यहाँ
मायाको टुङ्गो लाउने अदालत चाहिन्छ यहाँ
मनले नचाहेको भए उसले खुलेर भन्नुपर्यो
मायामा धोका दिनेलाई कानुन बन्नुपर्यो
मायामा धोका दिनेलाई कानुन बन्नुपर्यो