छोरीको जन्म, हारेको कर्म
कहाँको जनम, भोग कहाँ
जाँदै छ चेली आँसु समेली
माइतीलाई छोडी यहाँ
छोरीको जन्म...
न कुनै जन्ती न दुलहा राजा
न त कुनै डोली न पञ्चै बाजा
न कुनै जन्ती न दुलहा राजा
न त कुनै डोली न पञ्चै बाजा
यो कस्तो बिदाइ हो?
यो कस्तो बिदाइ चेलीको आज
रुन्छन् आमाबाबु, साथी, समाज
यो जन्मेको धर्ती, यो खेलेको आँगन
बिर्सेर जाने कहाँ?
जाँदै छ चेली आँसु समेली
माइतीलाई छोडी यहाँ
छोरीको जन्म, हो