Elige una pista para reproducir
बोलीमा हैन, तिमीलाई म त हावामा भेटुँला
बोलीमा हैन, तिमीलाई म त हावामा भेटुँला
यो गीत लेख्दा मसीमा हैन, मुटुमा चोपुँला
यो गीत लेख्दा मसीमा हैन, मुटुमा चोपुँला
मुटुमा चोपुँला
परेली खोली दिलको बोली आँखामा पोखुँला
परेली खोली दिलको बोली आँखामा पोखुँला
के भन्छ तिम्रो दिलले भनी सुस्तरी सोधुँला
बोलीमा हैन, तिमीलाई म त हावामा भेटुँला
यो गीत लेख्दा मसीमा हैन, मुटुमा चोपुँला
मुटुमा चोपुँला
अन्तर केही पाइन भने निठुरी भनुँला
अन्तर केही पाइन भने निठुरी भनुँला
एकोरो माया यस्तै हो भनी एक्लै बनुँला
बोलीमा हैन, तिमीलाई म त हावामा भेटुँला
यो गीत लेख्दा मसीमा हैन, मुटुमा चोपुँला
मुटुमा चोपुँला
प्रीतिको आँसु चुहायौ भने हृदय थापुँला
प्रीतिको आँसु चुहायौ भने हृदय थापुँला
पीरको घाउ आँसुले धोई प्यारमा बाँचुँला
बोलीमा हैन, तिमीलाई म त हावामा भेटुँला
यो गीत लेख्दा मसीमा हैन, मुटुमा चोपुँला
मुटुमा चोपुँला
मुटुमा चोपुँला
हे, हे, हे, मुटुमा चोपुँला
हो, हो, हो, मुटुमा चोपुँला
हे, हे, हे, मुटुमा चोपुँला