Elige una pista para reproducir
तिमी हेर्छौ भने यो छातीभित्र नदेखिने घाउ धेरैधेरै छन्
तिमी सुन्छौ भने यो जिन्दगीमा कहिल्यै नमेटिने कथाहरू छन्
तिमी हेर्छौ भने...
खुशीहरूमा जिउन सकिन, जिन्दगी नै अभिशापझैँ भयो
खुशीहरूमा जिउन सकिन, जिन्दगी नै अभिशापझैँ भयो
ए, सिसाझैँ मुटु चर्कि नै रह्यो
पल-पल व्यथाहरू, पल-पल व्यथाहरू बल्झि नै रह्यो, बल्झि नै रह्यो
तिमी हेर्छौ भने...
जिउँदै मरेको आभास हुन्छ, जिउनुको के अर्थ नै रह्यो?
जिउँदै मरेको आभास हुन्छ, जिउनुको के अर्थ नै रह्यो?
ए, जब पीरहरू वरदानझैँ भयो
के आशामा जीवन, के आशामा जीवन अल्झि नै रह्यो, अल्झि नै रह्यो?
तिमी हेर्छौ भने यो छातीभित्र नदेखिने घाउ धेरैधेरै छन्
तिमी सुन्छौ भने यो जिन्दगीमा कहिल्यै नमेटिने कथाहरू छन्
तिमी हेर्छौ भने...