Elige una pista para reproducir
(ए हजुर)
मुटु कलेजो भयो चक्नाचुर
(ए हजुर)
मुटु कलेजो भयो चक्नाचुर
न त मैले कोहीसँग माया लाएको,
आँखा जुधाई न कोहीसँग कुरा गरेको।
न त मैले कोहीसँग माया लाएको,
आँखा जुधाई न कोहीसँग कुरा गरेको।
जहाँसुकै जिस्किन हिँड्ने जिउकै भन्छन् मलाई,
सित्तैमा मरेँ... मरेँ... मरेँ...
(ए हजुर)
आफ्नो त कोही केटीको छेउ परेको छैन,
'आई लभ यु' के हो, 'किस' के हो केही थाहा छैन।
केटीसँग भेट हुँदा हात खुट्टा लगलग काँप्छ,
बाहिर चाहिँ झिल्के भनी' ठुलो बदनाम छ,
म त मरेँ... म त मरेँ...
(दोहोर्याउने)
आफ्नो त कोही केटीको छेउ परेको छैन...
कोही केटी भेट हुँदा बोलूँ बोलूँ लाग्छ,
हृदयका रहस्य सबै खोलूँ खोलूँ लाग्छ।
फेरि लाजले र डरले यस्तो काँप्न मन लाग्छ,
अघि बढ्ने पाइला पनि पछि नै हट्छ,
म के गरुँ... म के गरुँ... म के गरुँ...
मेरो साथी एउटी प्रेमिका छे,
अब मान्छ उसले जे जे भन्छे।
मलाई सिनेमा जान भन्छे,
मलाई आइसक्रिम ल्याइदेऊ न भन्छे।
भोलि बिहान पढाइमा जानु छ,
मलाई त्यहाँ पुर्याउनु भन्छे,
फेरि लिन पनि आउनु भन्छे।
पर्सि ड्याडीको जन्मदिनको पार्टीमा,
तिमी आइपुग्नु पर्नेछ ठिक समयमा।
ड्याडीसँग चिनाजान गराइदिन्छु,
केही हाँसे जस्तो गरी नमस्कार भन्नु।
खोइ त कहाँ त्यस्तो सौभाग्य मेरो?
काम भन्दा पहिला बदनाम पो भयो।
जहाँसुकै जिस्किन हिँड्ने जिउकै भन्छन् मलाई,
सित्तैमा मरेँ... मरेँ... मरेँ...
(ए हजुर)
मुटु कलेजो भयो चक्नाचुर
(ए हजुर)
मुटु कलेजो भयो चक्नाचुर
न त मैले कोहीसँग माया लाएको,
आँखा जुधाई न कोहीसँग कुरा गरेको।
न त मैले कोहीसँग माया लाएको,
आँखा जुधाई न कोहीसँग कुरा गरेको।
जहाँसुकै जिस्किन हिँड्ने जिउकै भन्छन् मलाई,
सित्तैमा मरेँ... मरेँ... मरेँ...