Elige una pista para reproducir
असारे महिनामा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने?
भन्थिन् है मैच्याङले रुँदै धरर
"नौ डाँडापारि छ कम्पनी सहर"
बिछोडको बेलैमा
बिछोडको बेलैमा
मनै बराल्ने न्याहुलको बोली
यतिबेला मैच्याङ के गर्दै होली?
मनै बराल्ने न्याहुलको बोली
यतिबेला मैच्याङ के गर्दै होली?
पिँडीमा बसेर के-के कुरा गर्दी हो?
कहिले हाँस्दी हो, कहिले रुँदी हो
मलाई नै सम्झेर
मलाई नै सम्झेर
छङछङै बग्ने खहरे खोला
अब त छोरा कुद्ने भो होला
छङछङै बग्ने खहरे खोला
अब त छोरा कुद्ने भो होला
दिनभरि खेल्दो हो, मलाई नै भुल्दो हो
साँझ परेपछि आमालाई सोध्दो हो
"खोइ बाबा?" भनेर
"खोइ बाबा?" भनेर
असारे महिनामा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने?
भन्थिन् है मैच्याङले रुँदै धरर
"नौ डाँडापारि छ कम्पनी सहर"
बिछोडको बेलैमा
बिछोडको बेलैमा
बिछोडको बेलैमा (बिछोडको बेलैमा)
बिछोडको बेलैमा (बिछोडको बेलैमा)
बिछोडको बेलैमा (बिछोडको बेलैमा)
बिछोडको बेलैमा (बिछोडको बेलैमा)
बिछोडको बेलैमा