Elige una pista para reproducir
भगवन्, भगवन्, भगवन्!
भगवन्, तिम्रो वचन छहारी
पाइरहूँ म सधैँ
पाइरहूँ म सधैँ
भगवन्, तिम्रो वचन छहारी
पाइरहूँ म सधैँ
पाइरहूँ म सधैँ
के हो धन यो? के हो पदवी? के हो मान र शान?
सबको मनमा पस्ने एउटै द्वार छ करुणा ज्ञान
के हो धन यो? के हो पदवी? के हो मान र शान?
सबको मनमा पस्ने एउटै द्वार छ करुणा ज्ञान
भगवन्, भगवन्, भगवन्!
भगवन्, तिम्रो गीत अमर यो
गाइरहूँ म सधैँ
गाइरहूँ म सधैँ
त्यागी हुनु, आनन्द नदीमा चित्त नहाउनु हो
आफै आफू भित्र हराउनु, ईश्वर पाउनु हो
त्यागी हुनु, आनन्द नदीमा चित्त नहाउनु हो
आफै आफू भित्र हराउनु, ईश्वर पाउनु हो
भगवन्, भगवन्, भगवन्!
भगवन्, तिम्रो रश्मि किरणले
छाइरहूँ म सधैँ
छाइरहूँ म सधैँ
भगवन्, तिम्रो वचन छहारी
पाइरहूँ म सधैँ
पाइरहूँ म सधैँ