Two, three, mm
कहाँ होलाउ तिमी? कसको साथमा?
छाडी गयौ हामीलाई अँध्यारो रातमा
बग्छ त्यो तिम्रो रगत मेरो यो नसामा
गाडिएको छ तिम्रो छाया मेरो यो आत्मामा, मेरो यो आत्मामा
बिताउँला सारा जीवन तिम्रो यादमा
टाढा छ तिम्रो देह तर आत्मा साथमा
हाम्रो साथमा, मेरो यो साथमा
के हुँदो रहेछ अन्त्यमा? कतै देख्यौ कि स्वर्ग?
यहाँ त आगो, पानी, हावा र धर्तीको वर्ग
एकको जीत, सारा जल्छन्, कलियुगको प्रेरणा
गर्छ दुःख एउटाले, खोज्छन् सबै पेट भर्न, खोज्छन् सबै पेट भर्न
बिताउँला सारा जीवन म तिम्रो यादमा
टाढा छ तिम्रो देह तर आत्मा साथमा
हाम्रो साथमा, मेरो यो साथमा
हाम्रो साथमा, मेरो यो साथमा
बिताउँला सारा जीवन तिम्रो यादमा
टाढा छ तिम्रो देह तर आत्मा साथमा
हाम्रो साथमा, मेरो यो साथमा
हाम्रो साथमा, मेरो यो साथमा