Elige una pista para reproducir

"जेसुकै गर्" भनी लागेँ म छेउ
ढिलो भयो अब मलाई गरिखान
"जेसुकै गर्" भनी लागेँ म छेउ
ढिलो भयो, अब मलाई गरिखान देऊ
"जेसुकै गर्" भनी लागेँ म छेउ
ढिलो भयो अब मलाई गरिखान
तौल्यौ केसँग? जो बुद्धिमानी हैन
देखेकै छैन जसले संसार
चित्रहरू कोर्यौ विचित्र कल्पनाकै
थुप्रँदै गए विचार
गाउन आए मलाई, गाएर सुनाइदिन्थेँ
सपनाका लहर, बिपनाका रहरहरू
"यहीँ गर्छु" भन्दै, "मर्छु यहीँ" भन्दै
वल्ला घर नरे पल्ला घर सरे
नडराऊ, आऊ, कुनै नौलो ठाउँ लैजान्न
फर्काई लेराउँछु एक डल्लै तिम्रो प्यारो ज्यान
अनुभवी पनि हैनौ, अभिमानी पनि छैनौ
सकिन सहन देखेर तिम्रो दशा
मारि पनि सकेँ, चोरि पनि सकेँ
षड्यन्त्र रचीवरी लुटि पनि सकेँ
गर्न केही बाँकी रहेन, इख नभए मानै भएन
कसैको कथा कसैलाई अथाह व्यथा
मभन्दा यहाँ कोही जान्ने छैन, म मान्नेछैन
मभन्दा यहाँ कोही जान्ने छैन, म मान्नेछैन
नजगाऊ मलाई, नजगाऊ मलाई
नजगाऊ मलाई, नजगाऊ मलाई
"जेसुकै गर्" भनी लागेँ म छेउ
ढिलो भयो, अब मलाई गरिखान देऊ
"जेसुकै गर्" भनी लागेँ म छेउ
ढिलो भयो, अब मलाई गरिखान देऊ
"जेसुकै गर्" भनी लागेँ म छेउ
ढिलो भयो, अब मलाई गरिखान देऊ
"जेसुकै गर्" भनी लागेँ म छेउ
ढिलो भयो अब मलाई गरिखान