Elige una pista para reproducir
नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो
कि झुम्छ जिन्दगी मेरो
नआऊ सामु यस्तरी कि अड्छ ढुकढुकी मेरो
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी...
त्यो घुम्टो म उचालूँ कि? मुहार त्यो नियालूँ कि?
भुलेर आफूलाई नै हजुरमै हराऊँ कि?
हजुरमै हराऊँ कि?
नमान लाज यस्तरी कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी...
यो बैँसमा बतासिँदै, नआऊ न अतासिँदै
के थाहा भोलि कल्पिई रुनु छ कि निसासिँदै?
रुनु छ कि निसासिँदै?
नआऊ सामु यस्तरी कि झुम्छ जिन्दगी मेरो
नमान लाज यस्तरी...
यताउता नशा छरौँ, मीठा-मीठा कुरा गरौँ
कि हामी एकअर्काको नगिचमै जिऔँ-मरौँ
नगिचमै जिऔँ-मरौँ
नमान लाज यस्तरी कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी...
जतन गरेको दिल मेरो, नटिप है यो फूल मेरो
म प्रेममा डराउँछु, हुने हो कि यो भूल मेरो?
हुने हो कि यो भूल मेरो?
नआऊ सामु यस्तरी कि झुम्छ जिन्दगी मेरो
कि अड्छ ढुकढुकी मेरो
कि झुम्छ जिन्दगी मेरो
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी कि झुम्छ जिन्दगी मेरो
नमान लाज यस्तरी...