जब चोट लाग्दछ तिमीलाई, किन दुख्दछ मन मेरो
जब ठेस लाग्छ तिमीलाई, रसाउँछ किन नयन मेरो
जब चोट लाग्दछ तिमीलाई
आशाका पखेटाहरु नखुले झैं बीच गगनमा
आशाका पखेटाहरु नखुले झैं बीच गगनमा
कहिले आउँछ त्यो प्रभात मेरो अन्धकार जीवनमा
जब चोट लाग्दछ तिमीलाई
अतीतका व्यथाहरु नटुंगे झैं यात्राहरुमा
अतीतका व्यथाहरु नटुंगे झैं यात्राहरुमा
कहिले आउँछ त्यो हरियाली मेरो पतझड यो आँगनमा
जब चोट लाग्दछ तिमीलाई, किन दुख्दछ मन मेरो
जब ठेस लाग्छ तिमीलाई, रसाउँछ किन नयन मेरो
जब चोट लाग्दछ तिमीलाई