Elige una pista para reproducir
शब्दहरू कमै पर्लान् बुझाउन तिमीलाई
केही क्षण सँगै बसी बाँचिदिउँ आजलाई
जाइजाने मायालु तिमी
बितिजाने यो पल पनि
दुवै म रोकूँ कसरी
बरु सयौँ जूनीको माया सँगाली
लाइदिऊँ कि आज यो रात साक्षी
मन यो फेरिँदैन भनी, बाँचा दिउँला भोलिको
सँगै सपना नबुने, लाग्ला माया झूठो
तर हेर न आकाशमा, कति सुन्दर टल्किएको जून-तारा
धर्तीमा तिमी र म
थोरै जीवन देखेका आँखाहरू
बुझ्छन् समयको बहावमा
भोलि को हुनेछौँ हामी?
यो बाँचाहरूको हुन्न भर
बरु सयौँ जूनीको माया सँगाली
लाइदिऊँ कि आज यो रात
रात, आज यो रात साक्षी