Elige una pista para reproducir

आफ्नाले नै घात गर्दा
आफ्नाले नै घात गर्दा छाती पोल्दो रैछ
परायासँग तिमी लाग्दा
परायासँग तिमी लाग्दा मुटु जल्दो रैछ
हो, हो, जल्दो रैछ
आफ्नाले नै घात गर्दा छाती पोल्दो रैछ
हा-हा, हो-हो, आ-हा
रमाउँछु भन्थ्यौ दिनरात, केवल भ्रम रैछ
हो, रमाउँछु भन्थ्यौ दिनरात, केवल भ्रम रैछ
नजरमा म त तिम्रो खेलौना रैछ
आफ्नाले नै बिर्सिदिँदा
आफ्नाले नै बिर्सिदिँदा यो मन दुख्दो रैछ
आ-हा, हो-हो, आ-हा
ओझेलको वेदनाले आँसु झर्दो रैछ
हो, ओझेलको वेदनाले आँसु झर्दो रैछ
सुखलाई खोज्दा दुःख अँगालेको रैछ
आफ्नाले नै चोट दिँदा
आफ्नाले नै चोट दिँदा छाती पोल्दो रैछ
परायासँग तिमी लाग्दा
परायासँग तिमी लाग्दा मुटु जल्दो रैछ
हो, हो, जल्दो रैछ
हो, हो, जल्दो रैछ
आ-हा, जल्दो रैछ
हो, हो, हो, हो, हो, मुटु जल्दो रैछ