Elige una pista para reproducir

हुँ, हुँ
हो, हो
चोली राम्रो पाल्पाली ढाकाको
हेराई राम्रो मायालु आँखाको
चोली राम्रो पाल्पाली ढाकाको
हेराई राम्रो मायालु आँखाको
झिल्के मजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर
न्यानो मा न्यानो पस्मिना बर्को, काठमाडौं सहरको
न्यानो मा न्यानो पस्मिना बर्को, काठमाडौं सहरको
ल्याईदेउ न साइँला हाकु पटासी, भादगाउँले खाडीको
वैश मिठो सोह्र र सत्रको
माया मिठो त्यो मन भित्रको
वैश मिठो सोह्र र सत्रको
माया मिठो त्यो मन भित्रको
झिल्के मजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर
हुँ, हुँ
हो, हो
रोधिमा खुल्ने मखमलि घलेक, पोखरा सहरको
रोधिमा खुल्ने मखमलि घलेक, पोखरा सहरको
ल्याईदेउ न साइँला आँगि र पाङ्देन, सोलु है खुम्बुको
पानी मिठो त्यो ढुङ्गे धाराको
माया मिठो नेपाली पाराको
पानी मिठो त्यो ढुङ्गे धाराको
माया मिठो नेपाली पाराको
झिल्के मजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर
चोली राम्रो पाल्पाली ढाकाको
हेराई राम्रो मायालु आखाको
चोली राम्रो पाल्पाली ढाकाको
हेराई राम्रो मायालु आखाको
झिल्के मजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर