Elige una pista para reproducir
नौगेडी ल्याइदिने भन्थ्यौ, माया, अन्धेरी
बाहेक केही आएन, जुनकेरी
समाई हेरिरहेँ म
फूलमा रस खान आएन भँगेरी
अरू कोही पाएन मनले नि
तिम्लाई खोजिरहेँ म
पर्खेर जोबन फालेँ, घाउ आँसुले टालेँ
तर आएनौ तिमी
रुँदा मेरा आँखाले आफैलाई नै सम्हालेँ
तर आएनौ तिमी
बुढेसकालै लाग्यो, गाँठे, मन कस्तोसँग साटेँ
वाचा जुनीभरको दिई फर्की आएन
आजभोलि आउँछ भनी आफैले आफैलाई ढाँटेँ
चिठी पठाको थेँ, शायद उल्ले पाएन
नौगेडी ल्याइदिने भन्थ्यौ, माया, अन्धेरी, अन्धेरी
गर्थेँ नि, भन्थ्यौ जे तिमी, म गर्थेँ नि
एक्लोभन्दा त बरु मर्थेँ नि
बाँच्नुको अर्थै रहेन
लड्थेँ नि, आफ्नो मायाको लागि लड्थेँ नि
साथ तिमी भए त सक्थेँ नि
मनले बिछोडै सहेन
पर्खेर जोबन फालेँ, घाउ आँसुले टालेँ
तर आएनौ तिमी
रुँदा मेरा आँखाले आफैलाई नै सम्हालेँ
तर आएनौ तिमी
बुढेसकालै लाग्यो, गाँठे, मन कस्तोसँग साटेँ
वाचा जुनीभरको दिई फर्की आएन
आजभोलि आउँछ भनी आफैले आफैलाई ढाँटेँ
चिठी पठाको थेँ, शायद उल्ले पाएन
नौगेडी ल्याइदिने भन्थ्यौ, माया, अन्धेरी, अन्धेरी
अब अन्तिम सासहरूमा नाम तिम्रै लिई
संसार छाडिदिन्छु म
मुटुमा तिम्रो लागि राखेको यो माया
सधैँलाई बाँडी हिन्छु म
नौगेडी...