Elige una pista para reproducir
आकाशभन्दा गहिरो छातीमा गयो पहिरो
आज मलाई के भयो? लौ न, मलाई के भयो?
आज मलाई के भयो? लौ न, मलाई के भयो?
खुसियाली गीत मैले नलेखेको हैन
हरियाली वनपाखा नदेखेको हैन
खुसियाली गीत मैले नलेखेको हैन
हरियाली वनपाखा नदेखेको हैन
एउटा तारा देख्छु सधैँ आकाशको माथि
संसारको सबै प्राणी लाग्छ आफ्नै साथी
छहारीको मीठो गाना नसुनेको हैन
पहारीको फूलमाला नउनेको हैन
छहारीको मीठो गाना नसुनेको हैन
पहारीको फूलमाला नउनेको हैन
प्रकृतिको देश हेर्न अझै मन लाग्छ
तर किन आज मेरो छाया टाढा भाग्छ?
आकाशभन्दा गहिरो छातीमा गयो पहिरो
आज मलाई के भयो? लौ न, मलाई के भयो?
आज मलाई के भयो? लौ न, मलाई के भयो?