छरिदियो केश तिम्रो देउराली हावाले
मन तिम्रो उडायो कि निष्ठुरी मायाले, निष्ठुरी मायाले?
छरिदियो केश तिम्रो देउराली हावाले
मन तिम्रो उडायो कि निष्ठुरी मायाले, निष्ठुरी मायाले?
गोरो-गोरो मुहार तिम्रो निधारमा टिको
आँखा जुध्दा पाएँ मैले मुस्कान तिम्रो मीठो, मुस्कान तिम्रो मीठो
गोरो-गोरो मुहार तिम्रो निधारमा टिको
आँखा जुध्दा पाएँ मैले मुस्कान तिम्रो मीठो, मुस्कान तिम्रो मीठो
वनभरि गुराँस फुल्यो, मनभरि माया
जिन्दगीको गोरेटोमा देऊ न मलाई छाया, देऊ न मलाई छाया
छरिदियो केश तिम्रो देउराली हावाले
मन तिम्रो उडायो कि निष्ठुरी मायाले, निष्ठुरी मायाले?
यस्तो लाग्छ रूप तिम्रो फूलको थुँगाजस्तो
छातीभरि कोरिएछ केवल गीत तिम्रो, केवल गीत तिम्रो
यस्तो लाग्छ रूप तिम्रो फूलको थुँगाजस्तो
छातीभरि कोरिएछ केवल गीत तिम्रो, केवल गीत तिम्रो
इसाराले बोलाउँदा लजाएर हराउँछौ
पँधेरीमा सबैसँग मेरै कुरा भन्छौ, मेरै कुरा भन्छौ
छरिदियो केश तिम्रो देउराली हावाले
मन तिम्रो उडायो कि निष्ठुरी मायाले, निष्ठुरी मायाले?