Elige una pista para reproducir
यो प्रसङ्ग अलि समय अघिको हो
पहाडै पहाडको बिचमा एउटा बस्ती थियो
एक किसानको घरमा नबशिशु जन्मियो
तर छोरी पो रैछ भनी उसको मन झस्कियो
रिस पोख्न खोज्दै आफ्नो श्रीमती सङ्ग झर्कियो
अनि आफ्नो भाग्यलाई खोज्दै खेत तिर लर्कियो
राती अबेर पछी मध्यपान गरि फर्कियो
अनि केही नबोली आफ्नो खाटमा पल्टियो
बिस्तारै दिनहरु ढल्दै थियो
उसको दिनचर्या फेरि सामान्य चल्दै थियो
केही बर्ष पछि उनिहरुको फेरि बच्चा भो
यसपालि छोरा पाएर होला किसान मख्ख भो
समय बित्दै जाँदा ती सानी नानी पनि ठुली भईन
तर सधैँ बाबाको हेलामा रुईरहिन
दाउरा र चुलो पानी पधेँरो मै भुलिरहिन
उज्यालोमा नपाई उनी अन्धकारमै लुकिरहिन
उनी घरमा जहिल्यै आमालाई सघाउँथिन
कसैले नसके आफै दालभात पकाउँथिन
बिहान समयमा भाईलाई स्कुल पुर्याउँथिन
अनि दिउँसो भरी जंगलमा गाई भैंसी चराउँथिन
मात्र तेह्र बर्षकि उनलाई पढ्ने मन त थियो
तर बुवाले उसको उनलाई पराया भन्दथ्यो
छोरिको भलाई भन्दा फाईदा र घाटा सम्झन्थ्यो
बिहे गर्दिन तम्सन्थ्यो तर दाइजो ले झस्कन्थ्यो
एकदिन साँझमा उसको घरमा एकजना पाहुना आयो
आफुलाई लाहुरे बताउँदै छोरीको हात माग्न थाल्यो
त्यतिमै किसानले उसको गरिबी सुनाउन थाल्यो
तर छोरी दिए पुग्छ भनी उसले पाउ समाउन थाल्यो
अब किसान दङ्ग भो उसको मन प्रशन्न भो
भोलि नै पण्डितलाई साईत हेराउनु पर्छ भन्दियो
उसको घरमा अरु कसैको रजाइँ के चल्दथ्यो
जबर्जस्ति आफ्नै छोरिको बालबिबाह गरिदियो
आज उनी कैद छिन अँध्यारो कोठामा एक्लै
शरीर भरी घाउ छन तर पिडा भने बेग्लै
रुँदा-रुँदा आँखा दुबै सुनिएका छन
उसको मनको खाल्डो कहिले पुरिएला झन
एउटा आश थियो उनमा नयाँ जीबन बनाउने
बितेका दिन बिर्सी बर्तमान अघि बढाउने
तर मान्छेले चाहेको यहाँ कहाँ हुदोरहेछ
उसको श्रीमान त भारतमा केटि दलाल पो रहेछ
उनी कैँयौ पल्ट लुटिसकिन सयौं पल्ट टुटिसकिन
सिसा त होइन तर भित्रै बाट फुटिसकिन
आजका दिन सम्म धेरै ग्राहक सङ्ग सुतिसकिन
भागेर उम्किन सहि समयलाई कुरिरहिन
एउटा दिन थियो उनी एक्कासी बेहोस भईन
त्यसको छ सात महिनामा उनि एक आमा बनिन
आज उसको चुलो आफ्नै शरीर बाट बल्दछ
तर समाजले उसलाई एक बेश्यापात्र गन्दछ