निस्तारको पाठो बनेर
कोही न बनोस् पराई भनेर
मेरो येशूले मलाई खोजेको
लाखौं भिड़मा मलाई रोजेको
स्वर्गको थुमा धरतीमा आयौ मायाको चोटैले
सबैले त्यागे पराई भयौ मायाको चोटैले
भलल बग्यो रगत तिम्रो मायाको चोटैले
त्यही रगतमा चंगाई ल्यायौ मायाको चोटैले
सम्झेर माया तिम्रो मुटु मेरो भरिन्दैछ
रक्ताम्मे तिम्रो शरिरमा मेरो अनन्तता लेखिन्दैछ
सुन्दर छ तिम्रो मन
त्यहाँ बसेछ मेरो जीवन
तिम्रो आखाँको रानी म भए मायाको चोटैले
अंगालो भित्र हराई गए मायाको चोटैले
जीवनको नदी बगेर आयो मायाको चोटैले
मृत्युलाई हेर बगाई लग्यो मायाको चोटैले