Elige una pista para reproducir
घामको माया, जूनको माया, अझै धेरै उनको माया
घामको माया, जूनको माया, अझै धेरै उनको माया
सम्झी आएँ साथीसँगी, हो
सम्झी आएँ साथीसँगी, इष्टमित्र दायाँबायाँ
घामको माया, जूनको माया, अझै धेरै उनको माया
आज लाहुरे गाउँ फर्क्यो, गावैँ रमाइलो
सँगीसाथी खेलेको ठावैँ रमाइलो
धर्तीकै देवी तिमी, स्वर्गकी परी
हो, धर्तीकै देवी तिमी, स्वर्गकी परी
पोखिदियौ सारा खुशी मेरै काखभरि
सागरसरि हृदयमा, हो
सागरसरि हृदयमा पिरतीकी खानी
को होला र दुनियाँमा मझैँ भाग्यमानी?
सपनीझैँ मलाई देख्दा कति खुशी हुन्छिन् होला
खुशी थाम्न नसकेर, हो
खुशी थाम्न नसकेर झम्टिएर रुन्छिन् होला
घामको माया, जूनको माया, अझै धेरै उनको माया
मैले पढ्ने पाठशाला त्यो, लेख्ने खरीपाटी
हो, हो, हो, मैले पढ्ने पाठशाला त्यो, लेख्ने खरीपाटी
धेरै भयो नभेटेको बालादिनका साथी
जन्म दिने आमा मेरी, हो
जन्म दिने आमा मेरी, कर्म दिने गुरु
यही माटोमा भयो मेरो जिन्दगानी शुरू
साईँको माया, घरको माया, अझै धेरै अरूको माया
त्यही मायाको मोहनीले, हो
त्यही मायाको मोहनीले लाहुरे घर फर्क्यो, माया
घामको माया, जूनको माया, अझै धेरै उनको माया