Elige una pista para reproducir
उभिँदा उभिँदै, म तिम्रो सामु
सक्छु कतै हराउन पनि
आँखामा डुबेकाहरु भेटिन्नन
गहिराइमा डुब्छ जो कोहि पनि
के छ तिमीमा थाह छैन
अल्झिएको छ मन त्यतै
तिम्रो छायाँ पो कहाँ छैन
सास फेर्ने यो हावा झैँ
के छ तिमीमा थाह छैन
अल्झिएको छ मन त्यतै
तिम्रो छायाँ पो कहाँ छैन
सास फेर्ने यो हावा झैँ
कोही कसैको प्रेममा पर्दा
के बाट ऊ के हुन्छ?
कोही कसैको प्रेममा पर्दा
के बाट ऊ के हुन्छ?
के थिएँ म के भएँ
मलाई हेर थाह हुन्छ
कहाँ ओझेल छु म यो नसोध
नखोज कहिँ अल्झे पनि
आखाँमा डुबेकाहरु भेटिन्नन
गहिराइमा डुब्छ जो कोहि पनि
के छ तिमीमा थाहा छैन
अल्झिएको छ मन त्यतै
तिम्रो छायाँ पो कहाँ छैन
सास फेर्ने यो हावा झैँ
के छ तिमीमा थाहा छैन
अल्झिएको छ मन त्यतै
तिम्रो छायाँ पो कहाँ छैन
सास फेर्ने यो हावा झैँ