Elige una pista para reproducir
अब उठौँ लडेका ठाउँबाट
हामी जुटौँ, हिडौँ साथसाथ
अब उठौँ लडेका ठाउँबाट
हामी जुटौँ, हिडौँ साथसाथ
स्वीकार्दै बदलिएको समयलाई
ओ, हटाउँदै हृदयभरिको भयलाई
ओ, सहँदै यतीले देको चोटलाई
हा-हा-हा-हा, पुछ्दै गहभरिको आँशुलाई
अब उठौँ लडेका ठाउँबाट
हामी जुटौँ, हिडौँ साथसाथ
गाउँ, बस्ती, सहर फेरि बनाउनु छ
गाउँ, बस्ती, सहर फेरि बनाउनु छ
उद्योग-कलकारखाना फेरि चलाउनु छ
मर्मलाई सहेर, कर्मपथमा अघि बढ्नु छ
आमाको दुखेको छातीमा फेरि मल्हम लगाई हँसाउनु छ
अब उठौँ लडेका ठाउँबाट
हामी जुटौँ, हिडौँ साथसाथ
लालाबालाहरुको भविष्य सजाउनु छ
लालाबालाहरुको भविष्य सजाउनु छ
हाम्रा गल्ती सच्याई नौलो इतिहास रच्नु छ
भत्केका सम्पदाहरुको पुनर्निर्माण गर्ने जिम्मेवारी छ
अन्धकारलाई चिरेर उज्यालो किरण छर्नु छ
अब उठौँ लडेका ठाउँबाट
हामी जुटौँ, हिडौँ साथसाथ
साथसाथ, साथसाथ
हो, साथसाथ