धन्य शुद्ध हृदय हुनेहरू
ती आँखाले येशूलाई देख्नेछ
प्यासी मन बोकेर हिँड्नेहरू
येशूले त्यो जीवन भर्नेछ
आत्मामा गरिब बन्दै जाँदा येशूको नजिक आयौ भने
आत्मामा गरिब बन्दै जाँदा येशूको नजिक आयौ भने
नम्रताले सजाएर मन शान्ति छर्दै हिँड्ने जीवन
नम्रताले सजाएर मन शान्ति छर्दै हिँड्ने जीवन
सान्त्वना येशूको बन्नेछ तिम्रो धन
येशूसँग माया लाउँदै जाँदा मानिसबाट घृणा पायौ भने
येशूसँग माया लाउँदै जाँदा मानिसबाट घृणा पायौ भने
एक्लो सम्झी नरुनू है, आनन्दलाई सधैँ चुन्नू है
एक्लो सम्झी नरुनू है, आनन्दलाई सधैँ चुन्नू है
येशूसँगै बस्ने तिमी हौ धर्मीजन
धन्य शुद्ध हृदय हुनेहरू
ती आँखाले येशूलाई देख्नेछ
प्यासी मन बोकेर हिँड्नेहरू
येशूले त्यो जीवन भर्नेछ