Elige una pista para reproducir
उकाली चढौँला, ओराली झरौँला
सात भन्ज्याङ भने पनि त्यो पनि तरौँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
उकाली चढौँला, ओराली झरौँला
सात भन्ज्याङ भने पनि, त्यो पनि तरौँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
भनौँ भने
भनौँ भने जिन्दगीमा धेरै रूप देखेँ
भनौँ भने जिन्दगीमा धेरै रूप देखेँ
तर मुटुभित्रै बस्ने तिमी मात्रै भेटेँ, हो
जे भन्छ्यौ, मानुँला, वाचा नि गरुँला
तामातुलसी छोएर कसम नि खाउँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
कहिले झरेँ
कहिले झरेँ तल-तल, कहिले पुगेँ माथि
कहिले झरेँ तल-तल, कहिले पुगेँ माथि
तिमी मात्रै भेटेँ मैले जिन्दगीको साथी, हो
हिउँ नि टेकुँला, आगो नि छोउँला
तपस्या नै गर्नुपरे, त्यो पनि गरुँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
उकाली चढौँला, ओराली झरौँला
सात भन्ज्याङ भने पनि, त्यो पनि तरौँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला