Elige una pista para reproducir

Sencillo / Pista
गुनासो केही छैन तिमीसँग
किन मलाई छोडी गयाै भनी
शायद मेरो नाम पनि भुलिसक्याै
अनि मेरो माया पनि
मेरै गल्ती हो
तिमीलाई बिशवास दिलाउन सकिन
आकाश जत्रो माया दियाै
तर तिमीलाई मैले देखाउन सकिन
म कस्तो बेवकुफ तिम्रो क्षणिक माया साँचो सम्झी कुरी बसे
तिमीसँग जिन्दगी बिताउने
ऐना जस्तो सपना सजाइ बसे
म कस्तो बेवकुफ केही नसोचि स्वार्थी माया गरिरहे
बर्षाै भयो हामी छुट्टीएको तर
हर रात तिमीलाई नै सम्झी रोइबसे
सपना सुनाैलो मायाको देख्नुको सजाय भोग्दै छु
हाम्रो मायाको गीत सबले गाउछ भन्ने लाग्थ्यो तर
आज विरहको गीत लेख्दैछु
फर्की आए पनि तिमीलाई
म माया गर्न चाहन्न
हजार टुत्रामा टुत्रेको सपना जोडी तिम्रो मायामा निदाउन सक्दिन
म कस्तो बेवकुफ तिम्रो क्षणिक माया साँचो सम्झी कुरी बसे
तिमीसँग जिन्दगी बिताउने
ऐना जस्तो सपना सजाइ बसे
म कस्तो बेवकुफ केही नसोचि स्वार्थी माया गरिरहे
बर्षाै भयो हामी छुट्टीएको तर
हर रात तिमीलाई नै सम्झी रोइबसे
माया माया यो बिष जस्तो भो
आत्मा मेरो मरी सक्यो
अब जिउनुनै गाह्रो भो
माया माया यो घात जस्तो भो
श्राप हो कि पाप हो
यो बुझ्नुनै गाह्रो भो